बुटवल । प्यूठानबाट नेकपा एमालेका उम्मेदवार सुर्य थापा विजयी भएका छन् ।
थापाले गठबन्धनबाट उम्मेदवार बनेकी जनमोर्चाकी उम्मेदार दुर्गा पौडेललाई २२७४ मत अन्तरले पराजित गरेका हुन् ।
थापाले ४१ हजार ११८ मत प्राप्त गरेका छन् भने दुर्गा पौडेलले ३८ हजार ८४४ मत प्राप्त गरेकी छन् ।
पौडेल अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट विजयी भएकी थिइन् ।