काठमाडौँ । काठमाडौँ-६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन् ।
खनालले १४ हजार २०४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली काँग्रेसका भीमसेनदास प्रधानले ८ हजार ८०५ मत प्राप्त गरेका छन् ।