धनगढी । कैलाली-४ मा नेपाली काँग्रेसले अग्रता बनाएको छ । काँग्रेसबाट उम्मेदवार बनेका वीरबहादुर बलायरले १९ हजार १७२ मत प्राप्त गर्दै अगाडी रहेका छन् ।
त्यस्तै नेकपा एमालेबाट उम्मेदवार बनेका लेखराज भट्टले १६ हजार ९०२ मत प्राप्त गरेका छन् ।
अहिलेसम्मको मतगणना अनुसार बलायर भट्टभन्दा २२७० मतले अगाडी रहेका छन् ।