• २०८१ बैशाख २३ आइतबार

सिन्धुपाल्चोकको कुविण्डे मतदान केन्द्रमा एमाले र माओवादीका कार्यकर्ताबीच झडप

kharibot

सिन्धुपाल्चोक ।  निवर्तमान सभामुख अग्नि सापकोटाले मतदान गरेको मतदान केन्द्रमा झडप भएको छ । सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रमा झडप भएको हो ।

सभामुख सापकोटाले मतदान गरेको केही समयपछि एमाले र माओवादीका कार्यकर्ताबीच झडप भएको हो । माओवादीले अवरोध खडा गरी एकलौटी गर्न खोजेको भन्दै एमाले कार्यकर्ताले विरोध गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिने कोशिश भइरहेको सुरक्षा निकायले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै