• २०८१ बैशाख १७ सोमबार

सकियो चन्द्रग्रहण

kharibot

 

काठमाडौं । चन्द्र ग्रहण नेपालबाट पनि देखिएको छ ।

नेपाली समयानुसार चन्द्र ग्रहण साँझ ५ बजेर ११ मिनेटबाट सुरु भएर बेलुका ६ बजेर ३४ मिनेटमा समाप्त भएको थियो ।

ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ ।

चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन् ।

ग्रहणको सुतक बार्नेले आज बिहान ०८: ११ बजेदेखि भोजन गरेका छैनन् । शास्त्रीय रुपमा बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको थियो ।

बेलुकी ०६: ३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले बताए । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय बचन छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय