• २०८१ बैशाख १७ सोमबार

आज उपछायाँ चन्द्रग्रहण

kharibot

काठमाडौँ । वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दैछ । तर यो पूर्ण नभई पेनम्बरल अर्थात उपछाया चन्द्रग्रहण हुनेछ । वास्तवमा चन्द्रग्रहण तीन प्रकारका हुन्छन् । पूर्ण चन्द्रग्रहण, आंशिक चन्द्र ग्रहण र उपछायाँ चन्द्र ग्रहण ।

ग्रहण हुनुअघि चन्द्रमा पृथ्वीको छायामा प्रवेश गर्छ, जसलाई उपछायाँ वा अंग्रेजीमा पेनम्ब्रा भनिन्छ । यो पूर्ण चन्द्रग्रहण होइन, त्यसैले चन्द्रमाको छायाँ पृथ्वीमा पर्दैन, उपछायाँ मात्र पर्छ । अर्थात्, धमिलो छाया देखिन्छ । पेनम्ब्रल चन्द्रग्रहणमा चन्द्रमाको आकारमा कुनै परिवर्तन देखिँदैन ।

यो सामान्य दिनहरू जस्तै देखिन्छ, तर यदि तपाईंले ध्यानपूर्वक हेर्नुभयो भने, यसको रंग हल्का बैजनी जस्तो देखिन्छ ।

सूर्यको परिक्रमा गर्दा पृथ्वी चन्द्रमा र सूर्यको बीचमा आउँदा चन्द्रग्रहण लाग्छ । जब पूर्णिमाको दिन पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आउँछ, त्यसको छाया चन्द्रमामा पर्छ । जसका कारण चन्द्रमाको छायाँ भाग अँध्यारो हुन्छ र यस्तो अवस्थामा पृथ्वीबाट चन्द्रमालाई हेर्दा त्यो भाग कालो देखिन्छ ।

चन्द्रग्रहण सूर्यग्रहण भन्दा धेरै फराकिलो मापनमा देखिन्छ र रातमा पृथ्वीको कुनै पनि ठाउँमा देख्न सकिन्छ । सूर्यग्रहण हेर्न विशेष उपकरण चाहिन्छ, तर चन्द्रग्रहणको मामलामा यस्तो हुँदैन। नाङ्गो आँखाले पनि चन्द्रमा देख्न सकिन्छ ।

नासा लगायत धेरै संस्थाहरूले यस चन्द्रग्रहणको लाइभ स्ट्रिम र त्यसपछि रेकर्ड गरिएको भिडियो प्रशारण गर्ने गर्दछन् । 

यसपछि अर्को पूर्ण चन्द्रग्रहण मार्च २०२५ मा हुनेछ ।

शुक्रबार यो ग्रहण भारत बाहेक एसिया, अस्ट्रेलिया, रुस, उत्तर अफ्रिका, रुस र युरोपका केही भागमा देखिनेछ । यो ग्रहण दुवै अमेरिकी महादेशमा भने देखिने छैन ।

यस बर्षको चन्द्रग्रहण यस अर्थमा पनि खास छ कि यो बुद्ध पुर्णिमाका दिनमा लाग्दैछ, जो १३९ बर्ष पछि लाग्न लागेको हो । 

यो चन्द्रग्रहण तुला राशी र स्वाती नक्षत्रमा लाग्दछ । बैशाख २२ गते राती ८ बजेर ४४ मिनेट देखी सुरु भएर मध्यरात अर्थात करिब १ बजेर २ मिनेटसम्म रहन्छ । यो चन्द्रग्रहणको कुल अबधी ४ घन्टा पन्ध्र मिनेटको हुनेछ । 

चन्द्र ग्रहणको सुतक काल ९ घन्टा अगाडीवाट सुरु हुन्छ तर यो चन्द्रग्रहण नेपालवाट भने देखिने छैन, जसकाकारण यहाँ सुतककाल मानिदैन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै