• २०८१ बैशाख २२ शनिबार

बाल यौन दुरूपयोग गरेको अभियोगमा एक जनालाई पक्राउ 

kharibot

ओखलढुङ्गा । ओखलढुङ्गामा १५ वर्षीया किशोरीलाई बाल यौन दुरूपयोग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका–८ बस्ने २१ वर्षीय यसु श्रेष्ठ भन्ने ईन्द्र बहादुर श्रेष्ठ छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । 

श्रेष्ठले ती किशोरीलाई बिहीबार साँझ बाल यौन दुरुपयोग गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै