• २०८१ बैशाख २२ शनिबार

खानेपानीमन्त्री बिना मगरसँग एडीबीका दक्षिण एसिया महानिर्देशकको भेटवार्ता

kharibot

काठमाडौं । खानेपानी मन्त्री बिना मगरसँग एसियाली विकास बैंक (एडीबी)को दक्षिण एसिया विभागका महानिर्देशक हुन किमले भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा मन्त्री मगर र महानिर्देशक हुनबीच खानेपानी आयोजना र सेवा प्रणालीका विषयमा छलफल भएको छ । छलफलमा मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाले रिङरोडभित्र खानेपानी वितरणको योजना बनाएको र काठमाडौंमा रिङरोग बाहिर समेत खानेपानी आपूर्तिका लागि आफूले योजना बनाउन लागेको बताइन ।

मेलम्चीको पानीलाई वितरण गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) सँग हुने समन्वयका विषयमा समेत छलफल भएको छ ।

काठमाडौं उपत्यकाको माग अनुसार मेलम्चीको पानीले मात्रै आपूर्ति हुन नसक्ने भएकाले दोस्रो चरणको परियोजना सञ्चालन प्रक्रिया अगाडि बढाउने योजना रहेको मन्त्री मगरले छलफलमा बताइन् । एसियाली विकास बैकले ढल तथा सरसफाइ व्यवस्थापनका लागि काठमाडौंमा सहयोग गरिरहेको सन्दर्भमा मन्त्री मगरले उपत्यका बाहिर समेत सहयोग गर्न सकिने-नसकिनेबारे चासो राखेकी थिइन् । मन्त्रालयले ७ वटै प्रदेशका मुख्य शहरमा ढल व्यवस्थापन तथा खानेपानीका लागि विशेष योजना सञ्चालन गर्ने उनले बताइन् ।

महानिर्देशक हुनले मेलम्ची दोस्रो चरणको आयोजना निर्माणका लागि एडीबीले सहयोग गर्ने प्रतिवद्धता जनाए । रिङरोड बाहिर समेत खानेपानी वितरणका लागि केयूकेएलमार्फत् अगाडि बढ्न सकिने र प्रदेश स्तरीय योजना कार्यान्वयनमा समेत एडीबी सकारात्मक हुने उनले बताए । ‘मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा थुप्रै चुनौति देखिए, धेरै पटक काम रोकियो । तर, अहिले हामी सुरुङ निर्माण ब्रेक थ्रु गर्ने अवस्थामा पुगेका छौं,’ उनले भने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै