• २०८१ बैशाख २१ शुक्रबार

प्रधानमन्त्रीको दौडबाट पछि हटे बोरिस जोनसन

kharibot

काठमाडौँ । बेलायतको नयाँ प्रधानमन्त्रीको दौडबाट बोरिस जोनसन बाहिरिएका छन् । नयाँ प्रधानमन्त्रीको दौडमा रहेका जोनसनले आफु प्रधानमन्त्रीको दौडबाट पछि हटेको जानकारी दिएका छन् ।

जोनसनले एक विज्ञप्ति निकाल्दै पार्टी एक नभएको अवस्थामा यो दौडमा आफु नरहेको स्पष्ट गर्दै आफुले पार्टी भित्र एकता चाहेको बताएका छन् । जोनसनलाई कन्जरभेटिभका ५७ सांसदहरुले सार्बजनिक रुपमा नै समर्थन गरेका थिए ।
जोनसनकै नेतृत्वमा तीन बर्षअघि कन्जरभेटिभ पार्टीले चुनाव जितेको थियो ।

यसैबीच प्रधानमन्त्रीको दौडमा सबैभन्दा अगाडी रहेका ऋषि सुनकले जोनसनको निर्णयको प्रसंशा गर्दै जोनसनले बेलायतलाई कठिन समयमा नेतृत्व गरेको उल्लेख गरेका छन् । सुनकले जोनसनले बेलायतलाई ब्रेक्जिटमा सफलतापुर्वक नेतृत्व गरेको र कोरोनाविरुद्धको खोप समयमै ल्याएर उत्कृष्ट काम गरेको बताएका छन् ।

जोनसनपछि हटेपछि अब ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने लगभग निश्चित गरेको बताइएको छ । बेलायतका मिडियाहरुले उनलाई 'पिएम इन वेटिंग' समेत भनेका छन् ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै