काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत न्यूक्यासल युनाइटेडले टोटनह्यामलाई पराजित गरेको छ ।
आइतबार राति सम्पन्न खेलमा न्यूक्यासलले टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
न्यूक्यासलको जितमा कलुम विल्सन र मिगुएल अल्मिरोनले एक एक गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि एक गोल ह्यारी केनले गरेका थिए ।
यो जितपछि न्यूक्यासल युनाइटेडको १२ खेलमा २१ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै टोटनह्यामको १२ खेलमा २३ अंक छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।









