• २०८१ बैशाख १७ सोमबार

नवौँ राष्ट्रिय खेलकुदको समापन समारोह सुरु

kharibot

गण्डकी । पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समापन समारोह सुरु भएको छ ।

‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उद्घाटन भएको नवौँ राष्ट्रिय खेलकुदको समापन समारोहको प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेका छन् । समारोहमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतको उपस्थिति छ । सातवटै प्रदेश, तीन विभागीय, एनआरएनसहित ११ टिमका खेलाडी, अफिसियल, प्रशिक्षक, खेलप्रेमी र आम सर्वसाधारणको उपस्थितिका बीच नवौँ राष्ट्रिय खेलकुदको समापन गर्न लागिएको हो । समापन समारोहमा मार्चपाससँगै विभिन्न सांस्कृतिक कार्यक्रमको तयारी गरिएको छ । समापन समारोह केही चाँडो हुने भनिए पनि नवौँ राष्ट्रिय खेलकुदअन्तर्गतको फुटबल खेलको अन्तिम खेल लामो हुन जाँदा समापन समारोह केही समयपछि धकेलिएको हो । थपिएका समयमा पनि गोल हुन नसकेपछि सडन डेथमा स्वर्णपदकको छिनोफनो गरिएको थियो ।

कूल ३६ वटा खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश भएको यस प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी भएका थिए ।

विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा विसं २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको हो । १०औँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुने जनाइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै