• २०८१ बैशाख १७ सोमबार

कामना सेवा विकास बैंकले सेयर बिक्री गर्दै

kharibot

काठमाडौं । कामना सेवा विकास बैंकका एक संस्थापक सेयरधनीले २० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् ।

बैंकका संस्थापक सेयरधनी मुकुन्द शरण उपाध्यायले आफ्नो नाममा रहेको बैंकको संस्थापक सेयर बेच्न लागेका हुन् । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्ने छन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले २७ असोजबाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै