• २०८१ बैशाख १५ शनिबार

मस्कले मानवीय रोबोट ल्याउदै, गरिबी अन्त्य गर्न सक्ने भविष्यवाणी

kharibot

काठमाडौँ । एलोन मस्कले ह्युमनोइड रोबोटको नवीनतम संस्करण प्रस्तुत गरेका छन् । यस अवसरमा मस्कले एकदिन गरिबी अन्त्य हुनसक्ने बताए । टेस्ला ओप्टिमस रोबोट वार्षिक एआई डे प्रस्तुतिको समयमा स्टेजमा राखिएको थियो ।

रोबोटले दर्शकहरूतिर हात हल्लायो र आफ्नो घुँडा उठायो । अर्बपति प्राविधिक अग्रगामी मस्कले सिलिकन भ्यालीमा आयोजित एक कार्यक्रममा भने, हाम्रो लक्ष्य सकेसम्म चाँडो उपयोगी मानवीय रोबोट बनाउने हो । यसमा अझै धेरै काम गर्न बाँकी छ ।

कम्पनीका इन्जिनियरहरूले प्रस्तुतीकरणका क्रममा कार कम्पनीहरूमा अप्टिमस क्षमताहरू अन्तर्गत काम गर्न सक्ने बताए । भुइँमा बसेर सर्वसाधारणले जस्तै संगीतको धुनमा नाच्न पनि सक्नेछन् । रोबोटको अर्को संस्करण, अप्टिमस जस्ता टेस्ला निर्मित भागहरूको सट्टा अफ-द-शेल्फ कम्पोनेन्टहरूसँग निर्मित रहेका छन् । मस्कले भने, रोबोटले हामीले देखाएको भन्दा धेरै काम गर्न सक्छ । टेस्लाले अप्टिमस रोबोटलाई उच्च दरमा उत्पादन गर्न डिजाइन गरिरहेको छ, जसको मूल्य २० हजार डलरभन्दा कम छ ।

मस्कले यसको अर्थ प्रशस्तताको भविष्य, गरिबी नभएको भविष्य, उत्पादन र सेवाको सन्दर्भमा आफूले चाहेको कुरा प्राप्त गर्न सक्ने भविष्य भएको बताएका छन् । साथै यो पूर्ण रूपमा सुरक्षित हुने उनले बताए । यो सुरक्षाको हिसाबले राम्रो हुनेछ, यसमा छेडछाड गर्न सकिँदैन । रोबोटको पहिलो परीक्षण टेस्ला कम्पनीमा गरिने उनले बताए । साथै तीनदेखि पाँच वर्षसम्म सर्वसाधारणले पनि रोबोट किन्न सक्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै