• २०८१ बैशाख १५ शनिबार

काठमाडौं १ बाट रवीन्द्र मिश्रको उम्मेदवारी घोषणा

kharibot

काठमाडौं  । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारी दिने बताएका छन् ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारी दिने घोषणा गर्दै उनले राजसंस्थाको एजेण्डा लिएर जनतामाझ जाने बताए । 

विवेकशील साझा पार्टी परित्याग गरि हालै राप्रपा प्रवेश गरेका मिश्रले शुक्रबार काठमाडौं १ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

जनतमाझ जाँदा संवैधानिक राजसंस्थाको एजेण्डा लिएर जाने बताउँदै उनले आफूले भोट नपाए पनि जनतालाई धन्यवाद दिने बताए । 

राजाको माया लागेर नभएर देशको हितका लागि राजसंस्थाको कुरा गर्दै भन्दै उनले भने, ‘देशमा कुनै न कुनै रूपमा संविधानले बाँधेर राजसंस्था पुनर्स्थापित गर्नुपर्छ । म यही एजेण्डा लिएर जनतामाझ जान्छु । भोट पाए पाउँछु, नत्र खुसीसाथ धन्यवाद व्यक्त गर्छु ।’ 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै