• २०८१ बैशाख १७ सोमबार

कोषले हिमाल दोलखाको हकप्रद शेयरको प्रत्याभूति गर्ने

kharibot

काठमाडौँ । नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरको प्रत्याभूति गर्ने भएको छ ।
 
कोष र हाइड्रोपावर कम्पनीबीच आज प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

कम्पनीको हाल कायम चुक्ता पुँजी एक अर्ब ६० करोडको ७५ प्रतिशतले हुने रु एक अर्ब २० कारोडको एक करोड २० लाख कित्ता हकप्रद शेयरको प्रत्याभूति कोषले गर्नेछ ।

सोसम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र दोलखा हाइड्रोपावरका तर्फबाट अध्यक्ष रञ्जना दाहालले हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै