• २०८१ बैशाख १४ शुक्रबार

इमरान खानद्वारा अदालतको अवहेलनाका मुद्दा टार्न आत्मआलोचना

kharibot

इस्लामावाद ।  पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले न्यायिक अधिकारीको आलोचना गरेकोमा माफी माग्नुभएको उहाँका वकीलले बिहीबार बताएका छन् ।

अन्तर्राष्ट्रिय प्रसिद्ध क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बनेका खानलाई गत अप्रिलमा अविश्वासको प्रस्तावमार्फत सत्ताच्युत गरिएको थियो तर उनले आफ्नो पुनरागमनको योजना बनाइरहेका छन् ।

बिहीबार उनी इस्लामाबाद उच्च अदालतमा उपस्थित भएका थिए , जहाँ उनले आफ्नो एक निकट सहयोगीलाई हिरासतमा लिएपछि दिएको टिप्पणीका लागि माफी माग्न नसके अदालतको अवहेलनाको अभियोग लगाइने खतरा थियो ।

“सबैले अदालतको सम्मान गर्नुपर्छ र आज उहाँले यही देखाउनुभउको छ,” पूर्व प्रधानमन्त्री खानका वकिल फैजल चौधरीले भने ।  चौधरीले भने, “यदि उहाँले कानुनी रूपमा केही गल्ती गरेमा त्यसका लागि माफी माग्नुहुन्छ । अब अवहेलना मुद्दा फिर्ता हुने सम्भावना धेरै छ ।”

पाकिस्तानका अदालतहरूलाई प्रायः सांसदहरूलाई थकाऊ र लामो समयसम्म घुमाउरो कार्यवाहीमा बाँध्न प्रयोग गरिन्छ जुन अधिकार अनुगमनकर्ताहरूले राजनीतिक विपक्षलाई दबाउन प्रयोग हुने गर्छ भनी आलोचना गरिने गरेको छ ।

खानले पत्रकारसँगको कुराकानीमा भने, “मेरो लडाई पाकिस्तानको न्यायपालिकासँग होइन । अहिले म वास्तविक स्वतन्त्रताका लागि युद्ध लडिरहेको छु ।”  खानका वकीलले यो मुद्दा प्राविधिक रूपमा अझै सक्रिय रहेको र उहाँले औपचारिक रूपमा ‘क्षमायाचना–पत्र’ पेश गर्ने बताएका छन् । 

यदि उनलाई अदालतको अवहेलनाको अभियोगमा दोषी ठहर गरियो भने पाकिस्तानको संविधानले खानलाई आगामी पाँच वर्षका लागि पद धारण गर्न अयोग्य ठहर्याउन सक्छ । 

पाकिस्तानमा सन् २०२३ को अन्त्यसम्ममा आम निर्वाचन हुने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै