• २०८१ बैशाख १४ शुक्रबार

प्रशिक्षक कुमार थापाले छोडे प्रशिक्षक पद

kharibot

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कुमार थापाले प्रशिक्षक पद‌बाट राजीनामा दिने घोषणा गरेका छन् ।

सोमबार सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग ३-१ को हार बेहोरेपछि प्रशिक्षक थापाले आफु पदमा नरहने बताएका हुन् । थापाले यसै प्रतियोगिताको सुरुवातमा प्रशिक्षकको जिम्मेवारी पाएका थिए ।

यसपटक नेपालको चिरपरिचित प्रतिद्वन्दी भारतलाई सेमिफाइनलमा हराएर उपाधि जित्न हौसिएको नेपाली टिम फाइनलमा बंगलादेशसँग हारेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै