• २०८१ बैशाख १८ मंगलबार

अमेरिका र अफगानिस्तानबीच बन्दी आदानप्रदान

kharibot

काबुल । संयुक्त राज्य अमेरिका र तालिवानले कैदी आदानप्रदान पूरा गरेको छ ।

अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकीले सन् २०२० मा अपहरण गरिएका अमेरिकी नौसेना दिग्गज मार्क फ्रेरिचसलाई हेरोइन तस्करीको आरोपमा संयुक्त राज्य अमेरिकामा १७ वर्षसम्म कैद गरिएका लडाका र तालिवान सहयोगी बशर नूरजाइसँग साटासाट गरिएको बताएका छन् । 

“आज, मार्क फ्रेरिचसलाई अमेरिकामा सुम्पियो र हाजी बशरलाई काबुल विमानस्थलमा हामीलाई सुम्पियो”, मुत्ताकीले काबुलमा पत्रकारहरूलाई भनेका छन् । आदानप्रदान लामो वार्तापछि मात्र भएको मुत्ताकीले जानकारी दिएका छन् । अमेरिकी नौसेना दिग्गज अफगानिस्तानमा निर्माण परियोजनाहरूमा सिभिल इञ्जिनीयरको रुपमा काम गरिरहेका थिए । यस अवस्थामा उनको अपहरण भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । 

सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार एएफपीलाई नूरजाईले तालिबानमा कुनै आधिकारिक पद नराखेको तर सन् १९९० को दशकमा कट्टरपन्थी इस्लामवादी आन्दोलनको उदय भएपछि हतियारसहित बलियो समर्थन प्रदान गरेको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै