• २०८१ बैशाख १६ आइतबार

जोनी डोप र एम्बर हर्ड विवादको बन्यो डकुमेन्ट्री

kharibot

काठमाडौँ । हलिउड स्टार जोनी डेप विगतमा आफ्नो कुनै फिल्मका लागि नभई आफ्नी पूर्व पत्नी एम्बर हर्डसँगको मानहानीको मुद्दाका कारण चर्चामा आएका थिए । जोनी डेप र एम्बर हर्डबीचको यो मुद्धाको परीक्षणको क्रममा दुबै स्टारले एकअर्का विरुद्ध सनसनीपूर्ण आरोप लगाएका थिए । यद्यपि पछि यो मुद्दाको फैसला जोनी डेपको पक्षमा आयो तर धेरैले एम्बर हर्ड दोषी नभई पीडित भएको पनि विश्वास गर्छन् । अब यही विषयमा ‘जोनी भर्सेस एम्बरः द युएस ट्रायल’ नामक वृत्तचित्र बनेको छ ।

जोनी र एम्बरको केसमा बनेको यो डकुमेन्ट्री २० सेप्टेम्बर २०२२ देखि ओटीटी प्लेटफर्म डिस्कभरी प्लसमा प्रसारण हुनेछ । यो डकुमेन्ट्रीले जोनी र एम्बरको मुद्दामा चलिरहेको मुद्दामा मात्र प्रकाश पारेको छैन, तर धेरै यस्ता फुटेजहरू पनि देखाउँदछ जुन अहिलेसम्म सार्वजनिक भएका थिएनन् । यस्ता धेरै फुटेजहरू पनि छन्, जसलाई देखेर जोनी र एम्बरका फ्यानहरू पनि छक्क पर्ने बताइएको छ । ट्रेलरमा कोर्ट ट्रायल बाहेक जोनी र एम्बरका केही निजी भिडियोहरू पनि देखिएका छन् ।

हेर्नुहोस् डकुमेन्ट्रीको ट्रेलर:

के थियो पुरा प्रकरण ?

एम्बर हर्डले वाशिंगटन पोस्टमा एउटा लेख लेखेकी थिइन्, जसमा उनले जोनी डेपलाई नाम नलिई घरेलु र यौन हिंसाको आरोप लगाएकी थिइन् । यी आरोप लागेपछि समाजमा आफ्नो छवि मात्रै धमिलो नभएर धेरै फिल्मबाट बाहिर निकालिएको जोनीले दाबी गरेका छन् । यही आधारमा उनले आफ्नी पूर्व पत्नी एम्बर हर्डविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए ।

जोनी डेप र एम्बर हर्डको भेट सन् २००९ मा फिल्म द रम डायरीको सेटमा भएको थियो । केही वर्ष डेटिङ गरेपछि दुवैले सन् २०१५ मा विवाह गरेका थिए । तर, यो विवाह धेरै समय टिक्न सकेन र सन् २०१६ मा दुवै अलग भए । पछि २०१७ मा दुवैले सम्बन्धविच्छेद गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै