• २०८१ कार्तिक १ बिहीबार

साफ महिला: भारतलाई हराउँदै नेपाल फाइनलमा 

kharibot

काठमाडौं । साफ महिला च्याम्पियनिशपमा नेपालले भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । 

आज भएको दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतसँगको खेलमा एक गोलले पराजीत गरेको हो । नेपालका लागि लक्ष्मी घिसिङले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेकी थिइन् । नेपालका लागि लक्ष्मीको गोल नै निर्णायक बन्यो ।

यसअघि आजै भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई आठ–शून्य गोलले हराउँदै बङ्ग्लादेश फाइनलमा पुगेको छ । अब नेपालले फाइनलमा बङ्ग्लादेशसँग खेल्नेछ । 

नेपाल समुह बि को विजेता हुदै सेमिफाइनलमा पुगेको हो भने भारत समुह ए मा उपविजेता बनेर सेमिफाइनल खलेको हो । नेपालले यसअघि समुह चरणका खेलमा भुटानलाई ४–० र श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गरेको थियो । 

त्यस्तै भारतले समुह ए मा पाकिस्तानलाई ३–० ले र माल्दिभ्सलाई ९–० ले पराजति गरेको थियो । तर समुह चरणको अन्तिम खेलमा भारत बंगलादेशसँग ३–० ले पराजित भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै