• २०८१ असार ४ मंगलबार

तनहुँमा फेला परेको अजिङ्गरको उद्धार

kharibot

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ जलविरेमा फेला परेको अजिङ्गरको उद्धार गरिएको छ । 

मुग्लिन पोखरा सडक विस्तारका क्रममा फेला परेको अजिङ्गरलाई डिभिजन वन कार्यालय तनहुँले उद्धार गरेको हो ।  

सडक आयोजनाअन्तर्गत काम गरिरहेका कामदारले अजिङ्गर देखा परेपछि डिभिजन वन कार्यालय तनहुँमा खबर गरिएको थियो ।

वनको टोलीले अजिङ्गरलाई उद्धार गरी डिभिजन वन कार्यालयको खोरमा सुरक्षित राखेको डिभिजन वन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । 

उक्त अजिङ्गरको तौल १० केजी र लम्बाइ ६.५ फिट रहेको छ । अजिङ्गरलाई वनमा लगेर सुरक्षितरुपमा छाडिने उनले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै