• २०८१ बैशाख ७ शुक्रबार

को हुन् लिज ट्रस ?

kharibot

काठमाडौँ । बेलायतमा तेस्रो महिला प्रधानमन्त्री बन्ने भएकी छन् । यस अघि मारगेट थ्याचर र थेरेसा मे बेलायतको महिला प्रधानमन्त्री बनेका थिए भने अब लिज ट्रस तेस्रो महिला प्रधानमन्त्री बन्ने निश्चित भएको छ । उनले आफ्ना प्रतिष्पर्धी ऋषि सुनकलाई पराजित गर्दै कन्जरभेटिभ पार्टीको नेता पदमा विजयी भएकी छन् ।

को हुन् लिज ट्रस ?  

सात वर्षको उमेरमा, लिज ट्रसले आफ्नो स्कूलमा नक्कली चुनावमा पूर्व बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरको भूमिका खेलेकी थिइन् । थ्याचर सन् १९८३ मा ठूलो बहुमतले विजयी भएकी थिइन्, उनले त्यो जित हासिल गर्न सकिनन् । धेरै वर्ष पछि यसको बारेमा कुरा गर्दै ट्रसले भनेकी थिइन्, "मैले भावनात्मक भाषण गर्ने मौकाको फाइदा उठाए, तर मैले एक भोट पनि पाइन । मैले आफैलाई पनि भोट दिएकी थिइन ।'

३९ वर्षपछि आइरन लेडी थ्याचरको पाइला पछ्याउने मौका ट्रसलाइ मिलेको छ ।

मेरी एलिजाबेथ ट्रस को १९७५ मा अक्सफोर्डमा जन्म भएको थियो । उनका बुबा गणितज्ञ थिए र आमा नर्स थिइन् । ट्रसका अनुसार उनी उनका माता पिता वामपन्थी थिए । जब ट्रस पाँच वर्षकी थिइन्, उनको परिवार ग्लासगो नजिकैको पेस्लीमा सरे ।

उनले आफ्नो भाइ र परिवारलाई बोर्ड गेम खेल्न मन पराउने तर किशोरावस्थामा ट्रसले हार्नु पटक्कै मन नपर्ने र हार्नुभन्दा राम्रो दौडन रुचाउने बताएकी छन् ।

यसपछि उनको परिवार लीड्स गए जहाँ उनले राउन्डहे सरकारी विद्यालयमा पढाइ गरेकी थिइन् । उनका अनुसार यस अवधिमा उनले 'असफल हुने र अपेक्षामा दबिएका बालबालिका' देखेको बताएकी छन् । उनले लेखेकी छिन्, ‘उनी हुर्किएपछिका चुनिएका घटनाहरू बताउँछिन्, र राजनीतिक फाइदाका लागि उनलाई हुर्काउन सहयोग गर्ने आफ्नो विद्यालय र त्यहाँका शिक्षकहरूलाई अपमानित गर्छिन् ।'

ट्रसले अक्सफोर्ड विश्वविद्यालयमा दर्शन, राजनीति र अर्थशास्त्री अध्ययन गरेकी छन् । उनी विद्यार्थी राजनीतिमा धेरै सक्रिय थिइन् । सुरुमा उनी लिबरल डेमोक्रेटिक पार्टीमा थिइन् ।

सन् १९९४ मा पार्टीको सम्मेलनमा बोल्दै उनले राजतन्त्र अन्त्यको पक्षमा भाषण दिएकी थिइन् । उनले भनेकी थिइन्, 'हामी लिबरल डेमोक्र्याटिक पार्टीका लागि समान अवसरको पक्षमा छौँ । केही व्यक्ति शासन गर्न जन्मिएका हुन् भन्नेमा हामी विश्वास गर्दैनौँ ।'

त्यसपछि अक्सफोर्डमा नै उनी कन्जरभेटिभ पार्टीमा सामेल भइन् । आफ्नो पढाइ पूरा गरेपछि, उनले शेल र केबल र वायरलेस कम्पनीहरूमा एकाउन्टेन्टको रूपमा काम गरेकी थिइन् र सन् २००० मा आफ्नो सहकर्मी ह्युग ओ'लेरीसँग विवाह गरिन् । दुवैका दुई सन्तान छन् ।

ट्रस २००१ मा वेस्ट योर्कशायरको हेम्सवर्थबाट पार्टीको उम्मेद्वार बनिन्, तर चुनाव हारिन् । यसपछि उनी सन् २००५ मा वेस्ट योर्कशायरको काल्डर भ्यालीबाट चुनाव हारेकी थिइन् ।

तर उनको राजनीतिक महत्वाकांक्षा कम भएन । उनी सन् २००६ मा ग्रीनविचबाट काउन्सिलर चुनिएकी थिइन् ।

सन् २०१० मा कन्जरभेटिभ नेता डेभिड क्यामरुनले ट्रसलाई प्राथमिकताका उम्मेद्वारहरूको 'ए लिस्ट' मा राखे र दक्षिण पश्चिम नोर्फोकको आरक्षित सीटबाट उम्मेदवार बनाएका थिए । तर केही वर्षपछि ट्रसको पार्टीका सांसद मार्क फिल्डसँग अफेयरको खबर बाहिरिएपछि उनले विरोधको सामना गर्नुपरेको थियो । तर उनलाई हटाउने प्रयास असफल भयो र ट्रसले त्यो सिट १३ हजार भन्दा बढी मतले जितेकी थिइन् ।

उनले अन्य चार कन्जरभेटिभ सांसदहरूसँग मिलेर २०१० मा 'ब्रिटानिया अनचेन्ज्ड' नामक पुस्तक लेखेकी छन् ।

यसमा विश्वमा बेलायतको स्थान मजबुत बनाउनका लागि बेलायतका धेरै नियम हटाउन भनिएको थियो । त्यसबेलादेखि, उनी एक प्रमुख मुक्त बजार अधिवक्ताको रूपमा अगाडी आएकी थिइन् ।

उनी सांसद बनेको चार वर्षपछि २०१२ मा शिक्षामन्त्री भइन् र २०१४ मा वातावरणमन्त्री भइन् । सन् २०१५ मा ट्रसले एक भाषणमा भनेकी थिइन्, 'हामी हाम्रा दुई तिहाइ वस्तु (खाना) आयात गर्छौं । यो हाम्रा लागि लाजमर्दो कुरा हो ।' यसका लागि उनको खिल्ली उडाइएको थियो ।

एक वर्ष भन्दा कम पछि, यो ब्रेक्सिटको समय थियो । ट्रसले सन अखबारमा ब्रेक्सिटको विरोधमा लेखेकी थिइन्- 'एक ट्रिपल त्रासदी हुनेछ - धेरै नियमहरू, धेरै रूपहरू र युरोपेली संघलाई बेच्न धेरै ढिलाइ हुने छ ।'

यद्यपि, जब उनको पक्ष हार्यो, उनले आफ्नो दिमाग परिवर्तन गरिन् र ब्रेक्सिटलाई एक अवसर भएको रुपम टिप्पणी गरिन् ।

उनी थेरेसा मेको कार्यकालमा कानुनमन्त्री थिइन् । सन् २०१९ मा बोरिस जोनसन प्रधानमन्त्री हुँदा ट्रसलाई अन्तर्राष्ट्रिय व्यापार मन्त्री बनाइएको थियो। २०२१ मा, ४६ वर्षको उमेरमा, उनले डोमिनिक राबपछि विदेशमन्त्री बनेर सरकारको सबैभन्दा वरिष्ठ पद ग्रहण गरेकी थिइन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै