• २०८१ बैशाख १५ शनिबार

एक वर्षमा युएईमा १७४ जना नेपालीको मृत्यु

kharibot

काठमाडौं । वैदेशिकक रोजगारीको सिलसिलामा खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका नेपाली कामदारमध्ये एक वर्षमा १७४ जनाको मृत्यु भएको छ । 

युएईस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८र७९ मा उनीहरुको त्यहाँ मृत्यु भएको हो । 

मृत्यु भएकामध्ये १६७ जना शव नेपाल पठाइएको र ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको दूतावासले जनाएको छ । 

सोही वर्ष वैदेशिक रोेजगारीका क्रममा युएईमा मृत्यु र घाइते भएकाहरुले ३२ लाख ७५ हजार ७६३ युएई दिराम (करिव ११ करोड ४० लाख ९७ हजार १७७ रुपैयाँ) क्षतिपूर्ति वापत प्राप्त गरेको जानकारी दूतावासले दिएको छ । 

दूतावासका अनुसार क्षतिपूर्ति वापात प्राप्त रकम सम्बन्धीत पीडितको परिवारलाई उपलब्ध गरिएको छ । 

युएईमा तीन लाखभन्दा बढी नेपाली कामदार रहेको अनुमान छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै