• २०८३ असोज ५ सोमबार

महानगरले बन्द गर्यो त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको डिजिटल बोर्ड

महानगरले बन्द गर्यो त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको डिजिटल बोर्ड

फाइल तस्बीर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड हटाएको छ । सो डिजिटल होर्डिङ बोर्ड नियम विपरीत भएको भन्दै महानगरले विहिबार हटाएको हो ।

मेयर बालेन्द्र शाहको निर्देशनमा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले ट्रेड सेन्टर गएर डिजिटल बोर्ड बन्द गरेको छ ।

मुख्य सडकको भवनमा ठूलो डिजिटल बोर्डले सवारी चालकको ध्यान भंग गर्ने र दुर्घटनाको जोखिम समेत भएको भन्दै यस अघि देखि नै सो बोर्ड हटाउन कुरा उठिरहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै