• २०८१ जेठ १ मंगलबार

स्थानीय तहको निर्वाचनका आधारमा सिट बाँडफाँट- नेता कोइराला

kharibot

चितवन । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सङ्घ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताएका छन् ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सत्यका आधारमा सिट बाँडफाँट हुनुपर्ने बताए । उनले भने, “स्थानीय निकायको निर्वाचनमा पाएको सङ्केत र सत्यताका आधारमा सिट भाग लगाउनुपर्छ ।” कांग्रेसले ९५ देखि एक सय सिट पाउनुपर्ने दाबी उनको थियो ।

गठबन्धनमा रहेका दल पनि यसका लागि तयार बन्नुपर्ने उनको भनाइ थियो । अहिले गठबन्धनको विकल्प नरहेको भन्दै उनले गठबन्धनका दल सहमतिमा आउने बताए । निर्वाचनमा कांग्रेस होमिएको भन्दै उहाँले आम नेता तथा कार्यकर्तालाई निर्वाचन लक्षित कार्यक्रममा सहभागी हुनसमेत आग्रह गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै