• २०८१ बैशाख १८ मंगलबार

आमा बनिन् अभिनेत्री सोनम कपुर

kharibot

काठमाडौँ । बलिउड अभिनेत्री सोनम कपुर छोराकी आमा बनेकी छिन् । सोनमले आफ्नो इन्स्टाग्राममा छोरा जन्मेको जानकारी दिएकी हुन् ।

जानकारीका अनुसार सोनमले मुम्बईको एक निजी अस्पतालमा छोरालाई जन्म दिएकी छन् । सोनम कपुर र आनन्द आहुजाको जोडीले मे २०१८ मा विवाह गरेको थियो ।

सोनम कपुर र आनन्द आहुजाले इन्स्टाग्राममा एक बयान सेयर गर्दै आफुहरु छोराको अभिभावक बनेको जानकारी दिएका छन् । उनीहरुको नोटमा लेखिएको छ- हामीले हाम्रो सुन्दर बच्चालाई स्वागत गर्यौं । यस यात्रामा हामीलाई साथ दिनुहुने सबै डाक्टर, नर्स, साथीभाइ र परिवारलाई धन्यवाद । यो केवल सुरुवात हो, तर हामीलाई थाहा छ कि हाम्रो जीवन सधैंको लागि परिवर्तन भएको छ ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय