• २०८१ बैशाख १६ आइतबार

फोहोर ढुवानी गर्न काठमाडौँ महानगरलाई ट्रिपर तथा ट्रक व्यवसायी समितिको सहयोग

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई फोहोर ढुवानी गर्न पेशा तथा व्यवसाय क्षेत्रबाट सहयोग सुरु भएको छ । यस क्रममा आज विहान नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले पठाएका १८ वटा ट्रिपर फोहोर बोकेर ल्याण्डफिल साइटतर्फ गएका छन् ।

समितिले उपलब्ध गराएका ट्रिपरलाई महानगरले हरेक ट्रिपका लागि २३ लिटर डिजेल र श्रमिकलाई एक दिनको १ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउनेछ । 

यता समानान्तर निर्माण सेवाले पूर्ण निःशुल्क सेवा दिने गरी ३० वटा ट्रिपर उपलब्ध गराएको छ । यी ट्रिपर पनि विहानै फोहोर बोकेर ल्याण्डफिल साइट गएका छन् । महानगरले आफूसँग भएका १२ वटा कन्टेनरमा ट्रान्सफर स्टेशनको फोहोर उठाएको छ । यसरी आज विहान ट्रान्सफर स्टेशनबाट ६० ट्रिपर फोहोर ढुवानी भएको छ । 

फोहोर व्यवस्थापनका लागि अवरोध गर्ने सृङ्खलामा सहयोग गर्न आएका सहयोगीप्रति आभार प्रकट गर्दै महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले, फोहोर व्यवस्थापन कार्यलाई वातावरण र जनस्वास्थ्यमैत्री बनाउने प्रयासमा जोड दिएको बताए ।

मलवाहक ट्रिपर व्यवसायीले सामाजिक जिम्मेवारी पूरा गर्ने क्रममा फोहोर ढुवानीमा सहयोग गर्ने निर्णय गरेको बताएको छ । ट्रिपर सञ्चालन गर्ने तेल र श्रमिकलाई दिनुपर्ने पारिश्रमिकबाहेक अन्य कुनै पनि प्रकारको शुल्क नलिई फोहोर ढुवानी गर्ने भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै