• २०८१ बैशाख २३ आइतबार

नदीले बगाएर बेपत्ता व्यक्ति फेला परेनन्

kharibot

दमौली । तनहुँको देवघाट गाउँपालिका–५ स्थित वेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर बेपत्ता भएका दुई जना अझै फेला पर्न सकेका छैनन् । 

साउन २७ गते शुक्रबार र ३१ गते मङ्गलबार कालीगण्डकी नदीले बगाएर बेपत्ता भएका दुई जना फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

गत शुक्रबार बेपत्ता भएका दोलखाको वैतेश्वर गाउँपालिका–३ बस्ने ७६ वर्षीय जङ्गबहादुर खड्का र मङ्गलबार बेपत्ता भएका रसियन नागरिक २९ वर्षीय पिटर रुजिन फेला नपरेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । दुवै जनाको खोजीकार्य जारी रहेको उनले बताए ।

पाँच जना साथीसहित नेपाल घुम्न आएका रसियन नागरिक रुजिन देवघाटमा स्नान गर्ने क्रममा बेपत्ता भएका हुन् । “दुवै जनाको खोजीकार्य जारी राखेका छौँ, फेला पार्न सकेका छैनौँ”, प्रहरी नायब उपरीक्षक खड्काले भने । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै