• २०८१ बैशाख १७ सोमबार

सान्चेज फ्रेन्च क्लब मार्सेलीमा

kharibot

काठमाडौं । इन्टर मिलानका पूर्व स्ट्राइकर एलेक्सिस सान्चेज फ्रेन्च लिग वान क्लब मार्सेलीमा अनुबन्धित भएका छन् । 

बुधबार राति सफल स्वास्थ्य परिक्षण पूरा भएसँगै सान्चेज आधिकारिक रुपमा फ्रेन्च क्लबसँग जोडिएका हुन् ।

यसअघि इन्टरले सान्चेजसँगको सम्झौता नविकरण नगर्ने घोषणा गरेपछि उनी मार्सेलीसँग जोडिएका थिए । 

पूर्व बार्सिलोना, आर्सनल र म्यानचेस्टर युनाइटेडका खेलाडी सान्चेज पछिल्लो सिजन इन्टरबाट सात खेलमा मात्र पहिलो रोजाईमा खेलेका थिए । 

चिलीका अन्तर्राष्ट्रिय खेलाडी सान्चेज इन्टरले सन् २०२०–२१ को सिरी ‘ए’ उपाधि जित्दा टिमका महत्वपूर्ण सदस्य थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै