• २०८१ बैशाख १५ शनिबार

ताइवानको सीमा नजिकका सैन्य अभ्यास सकियो- चीन

kharibot

काठमाडौँ । चीनले ताइवानको सीमा नजिक गरेको सैन्य अभ्यास सकिएको घोषणा गरेको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले ताइवानको सीमा नजिक आक्रामक रुपमा सैन्य अभ्यास शुरु गरेको थियो ।

चिनियाँ सेनाले ताइवानको सीमा नजिकका करिब एक साता गरिएका समुन्द्र र हवाई अप्रेशन सफल रहेको बताउदै ताइवान नजिकका सिमित सैन्य गतिबिधि जारी रहने बताएको छ ।

यता ताइवानले भने चीनले आफ्नो क्षेत्रमा घुसेर अभ्यास गरेको आरोप लगाउदै आएको छ । चीनले सैन्य अभ्यास जारी राखेको बेला ताइवानले पनि सैन्य अभ्यास गरेपछि तनाव बढ्ने अनुमान गरिएको थियो ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै