• २०८१ बैशाख १७ सोमबार

ब्राइटनविरुद्ध रोनाल्डो बेञ्चमा

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडको आज हुने ब्राइटनविरुद्धको खेलमा क्रिस्टियानो रोनाल्डोलाई बेञ्चमा राखेको छ ।

प्रशिक्षक एरिक टेन ह्यागले रोनाल्डोलाई शुरुवाती प्लेइङ ११ बाट बाहिर राखेका हुन् ।

रोनाल्डोले प्रि-सिजन टूरमा लामो समयसम्म टिममा समावेश नरहेको भन्दै प्रशिक्षक ह्यागले पुरा समय खेल्न फिट नभएको यस अघि बताएका थिए ।  रोनाल्डोले खेलेको प्रि-सिजनको अन्तिम खेलमा रायो भल्लेकानोसँग पनि रोनाल्डोलाई उनले पहिलो हाफपछि सबस्टिच्युट गरेका थिए । 

युनाइटेड छोड्न अहिले पनि जोडबल गरिरहेका रोनाल्डो बेन्चमा रहेपछि उनले क्लब छोड्ने चर्चाले थप बल पाउने विश्लेषण गरिएको छ । 

युनाइटेडले ब्राइटनविरुद्धको खेलमा गोलकिपर डी गा, माग्युरे, मार्टिनेज, ब्रुनो फेर्नानडेज, राशफोर्ड, क्रिस्तियन इरिक्सन, फ्रेड, डालोट, लुक शाह, जोर्डन सान्चो र म्याकटोमीनेयलाई शुरुवाती ११ मा राखेको छ ।                     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै