• २०८१ बैशाख १५ शनिबार

नेपाल समाजवादी पार्टी अध्यक्षमा डा. बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन

kharibot

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को अध्यक्षमा डा. बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन भएका छन् ।

नेसपाको शनिबार ललितपुरमा बसेको बैठकले केन्द्रीय समितिको बैठकले अध्यक्षमा डा. भट्टराई र यादवलाई चयन गरेको हो ।

त्यसैगरी बैठकले पार्टी सह-अध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा दुर्गा सोब, हिसिला यमी र भक्तबहादुर शाहलाई चयन गरेको छ । त्यस्तै नेसपा महासचिवमा रमेश यादवलाई चयन गरेको छ ।

बैठकले सातवटा भौगोलिक, एक गैरभौगोलिक र प्रवास गरी ९ प्रदेशका इन्चार्ज पनि तोकेको छ । जसमा प्रदेश १ को इन्चार्जमा राजेन्द्र किराती, मधेशको देवेन्द्र यादव, बागमतीको अक्लबहादुर थिङ, गण्डकीको मोती रिजाल, लुम्बिनीको कमल खनाल,  कर्णालीको देवीबहादुर बुढाथोकी, सुदूरपश्चिमको डा. जनक शाह, गैरभौगोलिकको ईश्वर रिजाल र प्रवासको इन्चार्ज जीएस गुरुङ तोकिएको छ ।

नेसपाको विधान अनुसार संघीय परिषद् अध्यक्ष पद भने अहिले खाली राखिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै