• २०८१ बैशाख २४ सोमबार

सल्यानमा जंगली च्याउ खाँदा बालिकाको मृत्यु

kharibot

सुर्खेत। जंगली च्याउ खाँदा सल्यानमा एक बालिकाको मृत्यु भएको छ ।

सल्यान शारदा नगरपालिका–४  साइला कम्दकी ४ वर्षीया जोशना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  सल्यानले जनाएको छ । 

जंगली च्याउ खाँदा बिरामी परेका एकै घरका चारमध्ये  बालिकाको प्रदेशिक अस्पताल  सुर्खेतमा शनिबार  दिउँसो  उपचारको क्रममा  मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय  सल्यानका सूचना  अधिकारी सन्तोष  खनालले जानकारी  दिए । 

शुक्रबार जंगली च्याउ खाँदा शारदा नगरपालिका–४ साइला कम्दकी ४० वर्षीया मीना बस्नेत, छोरी २५ वर्षीया पवित्रा बस्नेत, ९ वर्षीय छोरा जोन बस्नेत र छोरी ४ वर्षीया जोशना बस्नेत बिरामी भएका थिए । जिल्ला अस्पताल सल्यानमा सामान्य उपचारपछि थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको थियो ।

उनीहरूका अनुसार जिल्ला अस्पतालबाट रिफर गरिएका बन्गाड कुपिण्डे नगरपालिका–९ जयतपानीका एकै घरका ४८ वर्षीय भूपबहादुर ओली, उनको ४५ वर्षीया श्रीमती मनकलि ओली  २३ वर्षीय छोरा प्रकाश ओली र  बुहारी २१ वर्षीय सुशीला ओली र शारदा नगरपालिका–४ साइला कम्दका चार गरी आठ जना बिरामी  भएका  थिए ।

जसमध्ये पाँच जनाको  प्रादेशिक अस्पताल सुर्खेत कालागाउँ अस्पतालमा उपचार भइरहेको छ भने बाँकी दुई जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको खनालको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै