• २०८१ बैशाख १४ शुक्रबार

शो-पिसका लागि फिल्ममा अभिनेत्री !

kharibot

काठमाडौँ । बलिवुड फिल्म शमशेराले बक्स अफिसमा खासै कमाई गर्न सकेको छैन तर फिल्ममा रणवीर कपुरको तारिफ भइरहेको छ । यो फिल्ममा मानिसहरूले वाणी कपूरलाई शो पिसको रूपमा प्रयोग गरेको भनिरहेको छन् । यसअघि पनि चलचित्रमा ग्ल्यामरका लागि अभिनेत्रीको प्रयोग हुने गरेको छ । 

शमशेरामा वाणी कपूर

फिल्ममा रणवीर र सञ्जय दत्तको अभिनयको तारिफ भयो तर फिल्म फ्लप साबित भयो । यो फिल्ममा वाणी कपुरको भूमिकालाई लिएर प्रश्न उठिरहेको छ । फिल्ममा वाणी कपुरको कुनै आवश्यकता थिएन, ग्ल्यामरका लागि मात्रै उनलाई फिल्ममा प्रयोग गरिएको भन्ने आरोप लगाइएको छ । यद्यपि वाणी यस फिल्ममा आफ्नो भूमिकालाई लिएर निकै खुसी थिइन् तर यसका बाबजुद पनि प्रयोगकर्ताले उनलाई फिल्ममा आवश्यक नरहेको बताएका छन् ।

बाहुबलीमा तमन्ना भाटिया

बाहुबली फिल्ममा तमन्ना भाटियाको उपस्थितिलाई लिएर पनि यस्तै प्रश्न उठेको थियो । उनको उपस्थिति ग्लैमरका लागि भएको र बाहुबलीको सफलतामा तमन्नाको कुनै भूमिका नभएको भन्दै आलोचना भएको थियो ।

कोल्डप्ले संगीतमा सोनम कपूर

कोल्डप्लेको म्युजिकमा सोनम एक शटमा देखिएकी थिइन् । यो कुराले उनका फ्यानहरूलाई निराश बनायो । यस म्युजिक भिडियोमा सोनम केही सेकेन्ड मात्रै देखिएकी थिइन् । तर, यस प्रतिक्रियामा सोनमले यो भिडियोमा देख्न पाउनु आफ्नो लागि ठूलो कुरा भएको बताएकी थिइन् ।

आरआरआरमा आलिया भट्ट

आरआरआरमा आलिया भट्टको अतिथि भूमिकाले मानिसहरूलाई धेरै चकित पारेको थियो । फिल्ममा आलियाको सानो भूमिका र कम स्क्रिन स्पेसको मानिसहरूले आलोचना गरेका थिए । यद्यपि यो बिग बजेट फिल्ममा आलियाको उपस्थिति फिल्म रिलिज हुनुअघि नै निकै ठुलो रुपमा देखिएको थियो । दक्षिण डिजाइनर र ओस्कार विजेता रेसुल पुकुट्टी लगायत धेरै फ्यानहरूले अभिनेत्रीलाई प्रोप भनेर टिप्पणी गरेका छन् । जबकि आलिया यस भूमिकाबाट धेरै खुसी थिइन् र एसएस राजामौलीलाई यस फिल्ममा कास्ट गरेकोमा धन्यवाद दिएकी थिइन् ।

यी पछिल्ला रिलिज भएका फिल्महरु भए, अभिनेत्रीहरुलाई शो पिसको रुपमा प्रयोग गर्ने चलन पुरानो नै हो । तर पछिल्लो समयमा अभिनेत्रीनै हिरो भएका धेरै फिल्म पनि बनिरहेका छन् । बलिवुडमा अभिनेत्री कंगना रनावत, तापसी पन्नु, आलिया भट्ट, विद्या बालन जस्ता अभिनेत्रीहरुले आफै फिल्मको प्रमुख पात्र अर्थात हिरो भएका धेरै फिल्ममा कम गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै