• २०८१ बैशाख १७ सोमबार

आन्तरिक राजस्व कार्यालयका कम्प्युटर अधिकृत ३० हजार घुससहित पक्राउ

kharibot

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान ३० हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले श्रेष्ठलाई कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिको लागि सेवाग्राहीसँग ३० हजार घुस रकम लिइसकेको अवस्थामा कार्यालयबाट पक्राउ गरेको जानकारी दिएको छ ।

अख्तियारले श्रेष्ठलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै