• २०८३ कार्तिक ३० सोमबार

रोनाल्डोलाई साइन गरेमा म बर्खास्तमा पर्छु- प्रशिक्षक सिमेओने

रोनाल्डोलाई साइन गरेमा म बर्खास्तमा पर्छु- प्रशिक्षक सिमेओने

काठमाडौँ । एटलेटिको म्याड्रिडका मुख्य प्रशिक्षक डिएगो सिमेओनेले रोनाल्डोलाई भित्र्याएमा आफु बर्खास्तमा पर्ने बताएका छन् । रोनाल्डो म्यानचेस्टर युनाइटेड छोडेर एटलेटिको जाने चर्चा चलिरहेका बेला प्रशिक्षक सिमेओनेको यस्तो टिप्पणी बाहिर आएको हो ।

पछिल्लो ११ बर्षदेखि एटलेटिकोको प्रशिक्षक रहेका सिमेओनेले रोनाल्डोलाई साइन गरेमा समस्यामा पर्ने बताएर उनको एटलेटिको जाने बाटो थप मुश्किल रहेको स्पष्ट गरेका छन् ।

यस अघि एटलेटिकोका अध्यक्ष एनरिक केरेजोले पनि रोनाल्डोलाई भित्र्याउन प्राविधिक रुपमा समस्या रहेको बताएका थिए ।

अध्यक्ष र प्रशिक्षकले रोनाल्डोलाई साइन नगर्ने आशयको वक्तव्य दिएपनि एटलेटिकोले रोनाल्डोलाई भित्राउने खि आधारहरु मिडिया रिपोर्टमा पेश गरिएको छ । त्यो हो क्लबको खराब आर्थिक अवस्था । पछिल्ला बर्षहरुमा कोरोना संक्रमणका कारण आर्थिक संकटबाट गुज्रिएकाले क्लबको आम्दानी घटेको छ । त्यसैले रोनाल्डोलाई भित्र्याएमा क्लब आर्थिक रुपमा बलियो हुने आधारमा एटलेटिकोले रोनाल्डोलाई साइन गर्न सक्ने बताइएको छ ।

रोनाल्डो युभेन्टसमा रहदा युभेन्टसको आम्दानी प्रति सिजन ३२ मिलियनले बढेको थियो । त्यति मात्र होइन, एडिडासले किट स्पोन्सर रकममा २८.६ मिलियन बढी दिएको थियो भने जीपले रोनाल्डोको आगमन पछि साढे २९.२६ मिलियन युरो बढी रकम दिएको थियो ।

त्यस्तै एक बर्षअघि म्यानचेस्टर युनाइटेडमा रोनाल्डोको आगमन भएसँगै  क्लबको आम्दानी बढेको छ । यो एक बर्षमा युनाइटेडको आम्दानि ४१.२ मिलियन युरो बढेको छ ।  त्यस्तै युनाइटेडको कमर्सियल आम्दानी पनि करिब ९ मिलियनले बढेको मिररले उल्लेख गरेको छ । 

यद्यपी अहिले एटलेटिकोका फ्यानहरुले रोनाल्डोको विरोध गरिरहे पनि रोनाल्डोको उपस्थितिले क्लबको आम्दानीमा प्रत्यक्ष प्रभाव पार्ने कुरामा आशंका छैन ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै