• २०८१ बैशाख १५ शनिबार

स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्छ- मन्त्री खापुङ

kharibot

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानी खापुङले स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्ने बताएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले देखिने गरी स्वास्थ्य क्षेत्रको अनुसन्धानमा काम गर्न परिषद्लाई निर्देशन दिए ।

मन्त्री खापुङले परिषद्को कर्मचारीको समस्या समाधान गर्नेसमेत बताए । 

सोही अवसरमा  स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य अनुसन्धानका विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र नवीनतम ज्ञान प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा पनि केन्द्रित हुनुपर्ने बताए । 

उनले संरचना परिवर्तन नगरी मुलुक नबन्ने भन्दै परिषद्को पनि संरचना परिवर्तन गर्नुपर्ने भनाइ राखे ।

परिषद् अध्यक्ष प्रा डा गेहनाथ वरालले परिषद्का नीतिगत र प्रक्रियागत कामलाई पूरा गर्नुपर्ने बताए ।

कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले परिषद्ले अहिलेसम्म गरेका कामको बारेमा मन्त्रीद्वयलाई जानकारी गराए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै