• २०८१ असार १९ बुधबार

एसइईमा कति विद्यार्थीले कुन कुन ग्रेड पाए ?

kharibot

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा बुधबार सार्वजनिक गरेको छ । परीक्षामा दुई लाख ४७ हजार ८१९ जना छात्रा, दुई लाख ४७ हजार ९०६ जना छात्र र २६ जना अन्य विद्यार्थी उत्तीर्ण भएका छन् ।

सार्वजनिक नतिजाअनुसार एसइईमा यस पटक ९ हजार ६३३ विद्यार्थीले ल्याए ३.६ देखि ४ जीपीए ल्याएका छन् भने ४१ हजार ७ सय २७ विद्यार्थीले ३.२ देखि ३.६ जीपीए ल्याएको परीक्षा बोर्डले जानकारी दिएको छ ।

यसैगरी २.८० देखि ३. २ जीपीए ल्याउने विद्यार्थीको संख्या ६९ हजार ९०० रहेको छ भने २.४ देखि २.८ जीपीए ल्याउने विद्यार्थीको संख्या ९० हजार ७५८ रहेको परीक्षा बोर्डले जनाएको छ ।

त्यसैगरी २ जीपीए देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या एक लाख १२ हजार ७३३ रहेको छ भने १.६ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या एक लाख ५९४ रहेको छ ।

त्यस्तै १.२० देखि १.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ छ भने १.२० भन्दा कम जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको छ ।

त्यस्तै परीक्षामा सामेल भएका २२ हजार ५३७ विद्यार्थीको कुनै ग्रेड आएको छैन । कुनै पनि विषयमा ३५ भन्दा कम अंक आएमा ग्रेड नदिइएको बोर्डले जनाएको छ । 

यस पटकको एसइई परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए । परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको थियो ।

एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि केहीबेरमा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । परीक्षा नियन्त्रण कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै