• २०८३ बैशाख २६ शनिबार

एनसीसी बैकले ल्यायो एनसीसी प्रफुल्ल मुद्दती खाता योजना : निक्षेपकर्ताले १० गुणासम्म रकम फिर्ता पाउने  

एनसीसी बैकले ल्यायो एनसीसी प्रफुल्ल मुद्दती खाता योजना : निक्षेपकर्ताले १० गुणासम्म रकम फिर्ता पाउने  

काठमाडौँ । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा तथा ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त एनसीसी बैंकले “एनसीसी प्रफुल्ल मुद्दती खाता” संचालनमा ल्याएको छ । यस मुद्दती योजनामा निक्षेपकर्ताले  निक्षेप रकमको १० गुणासम्म रकम पाउनेछन् । 

सीमित अवधिसम्म लागु हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिन देखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दोब्बर देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । 

एनसीसी प्रफुल्ल मुद्दती खाता योजनाका विशेषता अनुसार व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिन सम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिनसम्म मुद्दती खातामा रकम जम्मा गर्दा दोब्बर गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् । त्यसतै व्यक्तिगत निक्षेपकर्ताले १० वर्ष १ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ११ वर्ष ५ महिना २० दिनसम्म जम्मा गर्दा तिन गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् । 

व्यक्तिगत निक्षेपकर्ताले १५ वर्ष ११ दिनसम्म र संस्थागत निक्षेपकर्ताले १७ वर्ष २२ दिनसम्म जम्मा गर्दा पाँच गुणा निक्षेप रकम फिर्ता पाउनेछन् l  व्यक्तिगत निक्षेपकर्ताले २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले २४ वर्ष ११ महिना २ दिनसम्म १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । 

साथै पहिलो वर्षको लागि र५ लाख सम्मको दुर्घटना बीमा र २ लाख सम्मको घातक रोग बीमा सुविधा समेत उपलब्ध छ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै