• २०८३ बैशाख १९ शनिबार

मुक्तिनाथ विकास बैंक कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्डबाट सम्मानित

मुक्तिनाथ विकास बैंक कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्डबाट सम्मानित

काठमाडौँ l कर्पोरेट म्यागजिन द्धारा आयोजित “कर्पोरेट बिजनेस एक्सीलेन्सी अवार्ड २०२२” बाट मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रम बीच मुक्तिनाथ विकास बैंक उत्कृष्ट विकास बैंकको वर्गमा पुरस्कृत भएको छ । उक्त अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए । साथै उक्त सम्मान पाएकोमा बैंकलाई र बैंकका कार्यरत कर्मचारीहरुलाई अझै राम्रो सेवा प्रदान गर्ने उर्जा मिल्ने बैंकले विश्वास लिएको छ । 

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै