• २०८१ बैशाख १६ आइतबार

टम क्रुज बने हलिवुडको धेरै पारिश्रमिक लिने अभिनेता

kharibot

काठमाडौँ । चर्चित अभिनेता टम क्रुज सन् २०२२ मा हालसम्म सबैभन्दा धेरै पारिश्रमिक लिने हलिउड अभिनेता बनेका छन् ।

रिपोर्टका अनुसार टम क्रुजले मे २७ मा रिलिज भएको फिल्म ‘टप गनः माभेरिक’का लागि १०० मिलियन डलर शुल्क लिएका छन् । योसँगै उनी २०२२ को पहिलो ६ महिनामा हलिउडको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता बनेका छन् ।
त्यस्तै विल स्मिथ २८० करोड कमाईका साथ दोस्रो नम्बरमा रहेका छन् ।

२०२२ को पहिलो छ महिनामा, टम क्रुज हलिउडको सबैभन्दा धेरै कमाउने अभिनेताहरूको सूचीमा पहिलो नम्बरमा छन् । यो सूचिमा विल स्मिथ ३५ मिलियन डलरको साथ दोस्रो स्थानमा छन् । विल स्मिथलाई उनको आगामी फिल्म ‘एमेन्सिपेशन’का लागि यो ३५ मिलियन डलर पारिश्रमिक दिइएको छ ।

त्यस्तै ब्राड पिट, ड्वेन जोन्सन र भिन डिजेल पनि सूचीमा परेका छन् । हलिउडको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेताको सूचीमा लियोनार्डो डिक्याप्रियो, ब्राड पिटले ३० मिलियन डलर पारिश्रमिक लिएर सूचीमा तेस्रो स्थानमा छन्  । त्यस्तै ड्वेन जोन्सनले साढे २२ मिलियन डलर पारिश्रमिक लिएर चौथो स्थानमा छन् ।

त्यसैगरी भिन डिजेल, जोकिन फिनिक्स, टम हार्डी, विल फेररेल र क्रिस हेमस्वर्थलगायतका अभिनेताले २०२२ को पहिलो ६ महिनामा पारिश्रमिकबाट २० मिलियन डलर कमाई गरेका छन् ।

रिपोर्टका अनुसार 'टप गन: माभेरिक' ले बक्स अफिसमा १.२ बिलियन डलरभन्दा बढी कमाइ गरेको छ । योसँगै 'टप गन: माभेरिक' बक्स अफिसमा अर्ब डलरको आँकडा पार गर्ने टम क्रुजको पहिलो फिल्म बनेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै