• २०८१ बैशाख १५ शनिबार

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खापुङद्वारा अस्पतालका निरीक्षण

kharibot

गण्डकी । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल निरीक्षण गरेका छन् ।

उनले अस्पतालमा भइरहेका सेवा प्रवाह, भोग्नुपरेका कठिनाईलगायत विषयमा जानकारी लिए ।

निरीक्षणका क्रममा उनले अस्पतालबाट प्रदान गरिने उपचार सेवालाई सहज र प्रभावकारी बनाउन निर्देशन दिए ।

मन्त्री खापुङलाई अस्पतालका निर्देशक डा.भरतबहादुर खत्रीले अस्पतालबाट भइरहेका सेवा प्रवाहसँगै भौतिक पूर्वाधार, जनशक्ति, उपकरणको अवस्थालगायत विषयमा जानकारी गराए । 
 

पढ्नै पर्ने

लोकप्रिय