काठमाडौं । नेप्सेमा सोमबार ९.७५ अंकको गिरावट आएको छ । आज नेप्से सूचक ९.७५ अंकले घटेर २०७६.६७ विन्दुमा पुगेको हो । सोमबार शुरुमा लगातार बढेको नेप्से कारोबारको अन्तिम घण्टामा घटेको थियो ।
आज सेन्सेटिभ इन्डेक्स २.६८ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.४७ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६८ अंकले बढेको छ ।
त्यस्तै सोमबार २३४ कम्पनिको एक करोड ९ लाख ८१ हजार ५९१ कित्ता शेयर कारोबार हुदा कुल ४ अर्ब ३४ करोड ९२ लाखको कारोबार भएको छ ।
आज सीवाइसी लघुवित्त कम्पनिको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने एन्गाडी पावरको शेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ ।
त्यसैगरी आज ग्लोबल आईएमईको डभेन्चर २०८६/८७ को शेयर मुल्य सबैभन्दा बढी ९.७५ प्रतिशतले घटेको छ ।
आज कारोबार भएका कम्पनिहरुमा शिभाम सिमेन्टको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज १७ करोड ५८ लाखभन्दा बढीको कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको १६ करोड ९० लाखभन्दा बढीको कारोबार भएको छ ।