• २०८१ बैशाख १६ आइतबार

ज्योति विकास बैंकले संचालनमा ल्यायो ज्योति रिकरिङ्ग निक्षेप योजना

kharibot

काठमाडौँ l ज्योति विकास बैंकले "ज्योति रिकरिंङ  डिपोजिट” निक्षेप योजना संचालनमा ल्याएको छ। ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै नियमित बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ आकर्षक ब्याजदर सहितको ज्योति रिकरिङ्ग खाता संचालनमा ल्याइएको हो। 

उक्त योजना अन्तर्गत ग्राहकले आवश्यकता अनुसार १ वर्ष देखि १० वर्ष सम्मका लागी मासिक रुपमा रकम जम्मा गर्न सक्नेछन् । व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस खातामा मासिक रुपमा न्यूनतम पाँच सयका दरले क्रमिक रुपमा रकम जम्मा गर्दै जान सकिनेछ ।

नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, साना उद्यमी व्यवसायी, निश्चित आम्दानी भएका कृषक, रेमिटान्स प्राप्त गर्ने ग्राहक, नवविवाहित दम्पति, युवा-युवतीहरु, अभिभावक वर्गहरुले भविष्यमा एकमुस्ट रकम प्राप्त गर्नको लागी मासिक रुपमा चाहेको निश्चित रकम नियमित रुपमा जम्मा गरि तोकिएको समय व्यतित भए पश्चात एकमुस्ट भुक्तानी लिन सक्नेछन्।साथै, आवश्यक परेको खण्डमा मौज्दातको ९० प्रतिशतसम्म ऋण सुविधाको व्यवस्था पनि छ।  

ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसंगको कारोबारलाई थप दिर्घकालिन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ।

बैंकले हाल ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै