• २०८१ बैशाख १५ शनिबार

विभिन्न चार देशका राजदुतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

kharibot

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न चार देशका राजदुतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा कतारकालागि राजदुत डा. नरेशविक्रम ढकाल, चीनका राजदुत विष्णुपुकार श्रेष्ठ, अष्ट्रेलियाका राजदुत कैलाशराज पोखरेल र इजरायलकी राजदुत कान्ता रिजालले शपथ लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै