• २०८१ बैशाख १८ मंगलबार

चट्याङ लागेर छुट्टाछुट्टै स्थानमा ४ जनाको मृत्यु

kharibot

काठमाडौं । पर्सा, बागलुङ, धादिङ र बाँकेमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । 

पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ औराहा रेन्ज बस्ने ३२ वर्षीय हरेन्द्र दास थारुको सोही ठाउँस्थित खेतमा काम गर्ने क्रममा चट्याङ लागेर मंगलबार मृत्यु भएको छ ।  

बागलुङको काठेखोला गाउँपालिका–४ तग्राम फापरखेत बस्ने २८ वर्षीया सुस्मा पुनको आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ लागेर मंगलबार राति मृत्यु भएको छ ।  

चट्याङ लागेर अशक्त भएकी उनको धवलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।  

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ बेलगाउँ बस्ने ४२ वर्षीय लिलामान कुमालको आफ्नै गोठमा गाईलाई घाँस हाल्न जाँदा चट्याङ लागेर मंगलबार राति घटनास्थलमै मृत्यु भएको छ । 

बाँकेको राप्तीसोनारी गाउँपालिका–३ नारायणपुर बस्ने सुनिता थारुको छोरा ७ वर्षीय अभिषेक थारुको चट्याङ लागेर मंगलबार साँझ मृत्यु भएको छ । 

आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ परी घाइते भएका उनको नर्सिङहोम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै