• २०७९ श्रावण २८ शनिबार

पिकेसँग अलग्गिएपछि शाकिरालाई प्रेम प्रस्तावको ओइरो

kharibot

काठमाडौँ । फुटबल खेलाडी जेरार्ड पिकेसँग अलग्गिएपछि कोलम्बियाली गायिका शाकिरा तनावमा छिन् । पिकेसँग अलग्गिएको खबर सार्वजनिक भएसँगै उनको पिछा गर्ने र विवाहका लागि पत्रसमेत आउन थालेपछि शाकिरा तनावमा परेकी  हुन् ।

‘वाका वाका’ गायिकाको बार्सिलोनास्थित घरमा उनलाई एक फ्यानले आफूसँग विवाहको प्रस्तावसहितको पत्र आएपछि शाकिराका परिवार तथा उनका भाई टोनिनो मेबारकसँग प्रहरीकहाँ पुगेर पत्रका विषयमा जानकारी गराएका छन् ।

यसै महिनाको सुरुमा उनको घर अगाडिको फुटपाथमा  ‘तिमीलाई प्रेम गर्छु’ भन्दै ‘अज्ञात’ व्यक्तिले लेखेको भेटिएको थियो । उनले आफूले शाकिरासँग तुरुन्तै विवाह गर्ने चाहना राखेको समेत लेखिएको थियो ।

‘म तिमीसँग प्रेम गर्छु, सुन्दर महिला । म तिमीलाई लिन आउँदैछु, मेरो मायालु । म अहिले नै तिमीसँग विवाह गर्न तयार छु’, लेखिएको थियो ।

शाकिरा निकट स्रोतका अनुसार त्यो लेख्ने व्यक्ति एक रुसी नागरिक हुन् । जो शाकिराको पिकेसँग अलग भएको घोषणापछि ऊ शाकिराको घर वरपर पिछा गरिरहेको छ ।

यो घटना केही दिन पछि आयो, जब स्पेनिस फूटबलर पिकेले शाकिराका सन्तान मिलान र साशालाई बिदा मनाउन लैजानका लागि अस्वीकार गरेका थिए । ११ वर्षसम्म सँगै बसेर दुवै जना अलग्गिएका छन् । शाकिरले पिकेले अर्की युवतीसँग सम्बन्ध बनाएर आफूलाई धोका दिएको आरोप लगाएकी थिइन् । शाकिराले आफ्नो पूर्वप्रेमीले पुनः विवाहको प्रस्ताव गरेको हुनसक्ने आशंका व्यक्त गरेकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय