• २०८१ बैशाख ७ शुक्रबार

ग्यारेथ बेल अमेरिकन लिग एमएलएसमा खेल्ने

kharibot

काठमाडौँ । रियल म्याड्रिड छोडेका वेल्सका फरवार्ड ग्यारेथ बेल अमेरिकन लिग एमएलएसमा खेल्ने भएका छन् ।

खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार बेलले लस एन्जेल्स फुटबल क्लबसँग एक बर्षको सम्झौता गरेका हुन् । बेल फ्री-ट्रान्सफरमा लस एन्जल्स गएका हुन् । उनले एकबर्षको सम्झौतासहित नविकरण हुने विकल्प राखेको बताइएको छ । 

युरोपका अन्य क्लबहरुबाट आएको प्रस्तावहरुलाई अस्वीकार गर्दै बेलले अमेरिकामा नयाँ अध्याय शुरु गर्न लागेका हुन् । 

बेलसँगै लस एन्जल्सले इटालियन भेट्रान डिफेन्डर गिओर्जियो चिएलिनीलाई पनि भित्र्याएको छ ।

बेलको यहि जुनको अन्त्यमा रियल म्याड्रिडमा सम्झौता अवधि सकिएको हो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै