• २०८१ जेठ ६ आइतबार

बालेनलाई आरजुको प्रश्न- रूटिन अफ नेपाल बन्द कतिमा हायर गर्नुभयो ?

kharibot

पोखरा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर चुनावी प्रचार गरेको आरोप लगाएकी छन् ।

सोमबार पोखरामा नेपाल तरूण दलको कार्यक्रममा बोल्दै आरजुले बालेनले रूटिन अफ नेपाल बन्दलाई कन्सल्टेन्सीका रूपमा प्रयोग गरेको आरोप लगाएकी छन् ।

उनले भनिन्- ‘अहिले जति पनि स्वतन्त्रले जितेका छन् नि, उनीहरू एउटा-एउटा गुण पहिचान गरी नेता बनेका हुन् । म ओपन्ली त भन्न चाहन्न, तर सोसल मिडिया रूटिन अफ नेपाल बन्द बालेनले कतिमा हायर गर्नुभयो ?’

कार्यक्रममा उनले अहिले स्वतन्त्र उठ्ने लहर चलेको बताउदै कलाकार, पत्रकारले आफ्नो काम छोडेर चुनाव उठ्न खोजेको बताइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै