• २०८१ बैशाख १८ मंगलबार

सय बर्षकी भइन् मोदीकी आमा

kharibot

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा सय बर्ष पुगेकी छन् । मोदीले शनिबार आफ्नी आमा हीराबेन मोदीको १०० औं जन्मदिनको अवसरमा गुजरातको राजधानी गान्धीनगरमा रहेको उनको घर पुगेर उनको आशीर्वाद लिएका छन् ।

उनले आमाको जन्मदिनमा ब्लग पनि सेयर गरेका छन् । नरेन्द्र मोदीको वेबसाइटमा प्रकाशित यो ब्लगमा नरेन्द्र मोदीले आफ्नी आमासँग सम्बन्धित धेरै सम्झनाहरू सेयर गरेका छन् । यससँगै उनले पहिलो पटक आफ्नो बुवाको पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन्- 'आमा, यो एउटा शब्द मात्र होइन, जीवनको त्यो अनुभूति हुन्थ्यो जसमा ममता, धैर्यता, विश्वास, यति धेरै कुराहरू छन् । आज म आफ्नो खुसी, मेरो सौभाग्य, सबैसँग बाँड्न चाहन्छु । मेरी आमा हिराबा आज जुन १८ गते शताब्दी वर्षमा प्रवेश गरिरहेकी छिन्, अर्थात् उहाँको जन्म शताब्दी वर्ष सुरु हुँदैछ ।'

प्रधानमन्त्री मोदीले सम्भवतः पहिलो पटक सार्वजनिक रूपमा आफ्नो बुबाको पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन्- 'बुवा आज हुनुहुन्थ्यो, गत साता नै सय वर्ष पुग्नुभएको हुन्थ्यो । अर्थात् २०२२ सालमा मेरी आमाको शताब्दी वर्ष सुरु हुँदैछ र यो वर्ष मेरो बुवाको शताब्दी वर्ष पूरा भएको छ ।'

मोदीले लेखेका छन्, यद्यपि हाम्रो यहाँ जन्मदिन मनाउने परम्परा छैन । तर परिवारका नयाँ पुस्ताका छोराछोरीले यसपटक बुवाको जन्मशताब्दीमा सय रुख रोपेका छन् ।

प्रधानमन्त्री मोदीले आफ्नो जीवनको लागि अभिभावकलाई धन्यवाद दिँदै लेखेका छन्- -आज मेरो जीवनमा जे राम्रो छ, मेरो व्यक्तित्वमा जे राम्रो छ, त्यो आमा र बुबाको उपहार हो । आज जब म यहाँ छु, म दिल्लीमा बसेको छु, त्यसैले कति पुरा कुरा याद आइरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै